दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स « Khabarhub

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब  रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४३६ अर्ब ३६ करोड पुगेको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । २०८३ भदौ महिनामा विप्रेषण आप्रवाह २२१ अर्ब ३१ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १७४ अर्ब ६७ करोड रहेको थियो । 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३८४ अर्ब ८८ करोड रहेको थियो ।  
 
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

चालु खाता एवम् शोधनान्तर स्थितिमा सुधार 

समीक्षा अवधिमा चालु खाता १६९ अर्ब ४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३० अर्ब ९७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ ।
 
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब २० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा २ अर्ब ९८ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब २७ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ५ : ०१ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग