चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे « Khabarhub

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रकि मूल्य र सहअस्तत्विको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले जाडोलाई बिदाइ गर्दै न्यानोपन, आशा र नयाँ ऊर्जाको सन्देश बोकेको माघे सङ्क्रान्ति पर्व नेपाली समाजमा आस्था, परम्परा र सामाजिक एकताको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित रहेको बताएका छन् ।

सभामुख घिमिरेले भनेका छन्, ‘माघी, माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्तिका रूपमा मनाइने यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा, मगर समुदायले राष्ट्रिय पर्वका रूपमा, नेवार समुदायले ‘घ्यू–चाकु सँल्हु’का रूपमा तथा तराई–मधेसका विभिन्न समुदायले ‘नहान’ पर्वका रूपमा आ–आफ्नै मौलिक परम्परासहित मनाउँदै आएका छन्, यी विविध परम्पराहरूले हाम्रो साझा राष्ट्रिय पहिचानलाई झल्काउने गरेका छन् ।’

सूर्य उत्तरायणतर्फ प्रवेश गर्ने यस दिनले प्रकृतिको चक्रसँग मानव जीवनको सम्बन्धलाई स्मरण गराउने गरेको छ ।

माघे सङ्क्रान्तिमा पवित्र नदी, त्रिवेणी तथा तीर्थस्थलमा स्नान, पूजा–अर्चना, दान–पुण्य गर्ने, घीउ, चाकु, तिल, तरुल, खिचडीलगायत पोषिलो परिकार सेवन गर्ने परम्परा रहेको छ । यस्ता संस्कार र परम्पराहरूले नेपाली समाजलाई प्रकृति मैत्री र मानवीय मूल्यमा आधारित बनाउन योगदान पुर्‍याएकाे उनको भनाइ छ ।

सभामुख घिमिरेले भने, ‘माघे सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र समृद्धिको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ५८ बजे

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

महाबौद्ध, दरबार स्कूल, पद्मकन्या र वाल्मीकि क्याम्पसमा मतदान केन्द्र व्यवस्थापन तीव्र

काठमाडौं– काठमाडौंको महाबौद्ध, दरबार हाई स्कुल, पद्मकन्या क्याम्पस र वाल्मीकि

एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पहिरो गएको छ ।  नेपाल

काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी