टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते « Khabarhub

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएका छन् ।

आज जनकपुरधामस्थित शुभचोकमा टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ज७प २८३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शुभचोकमा ना८ख ८२५७ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिए।

त्यस्तै, जनकपुरधामको रामानन्द चोकमा टिपरको ठक्करबाट साइकलमा सवार एक महिला गम्भीर घाइते भएको कुवँरले बताए। उनका अनुसार प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरको ठक्करबाट मिथिला बिहारी नगरपालिका–७ तारापट्टीकी ३० वर्षीया नितु साह गम्भीर घाइते भएका हुन् ।

नितुको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए । 

जनकपुरधाम उपमहानगरपालिकाभित्र ठूला तथा भारी सवारीसाधनको अव्यवस्थित सञ्चालनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उनको भनाइ छ । 

समय र रुट निर्धारण नगरी टिपर, ट्रक, बस तथा ट्यक्टटरजस्ता सवारीसाधन व्यस्त बजार क्षेत्रमा सञ्चालन हुँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका प्रहरी नायब उपरीक्षक बमले बताए ।

“प्रहरीले स्थिति नियन्त्रणमा लिँदै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेको छ भने टिपरलाई सुरक्षित रूपमा घटनास्थलबाट हटाएर थप अनुसन्धान सुरु गरिएको छ”, प्रहरी प्रवक्ता बमले भने। प्रहरीले दुवै घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ ।

व्यस्त बजार क्षेत्रमा बढी क्षमता (ओभरलोड) र तीव्र गतिमा ठूला सवारीसाधन सञ्चालन हुँदा दुर्घटना बढ्दै गएको भन्दै स्थानीयवासीले उपमहानगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : २५ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक