देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत « Khabarhub

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीले बिहीबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर माघ ४ गते काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित विशेष जनप्रदर्शनको तयारी पुरा भएको जनाएको छ । 

काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । 

सभाबाट एमालेले निर्वाचन केन्द्रित विशेष कार्यक्रमको घोषणा गरिने उनले बताए । बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि आवश्यक वातावरण बनाउन आग्रह गरे । 

उनले चुनाव भए एमालेले बहुमत ल्याउने र ठूलो दल हुने कुरालाई अव कसैले रोक्न नसक्ने दाबी गरे । 

त्यस्तै बस्नेतले कांग्रेसको विभाजन लोकतन्त्र र परिवर्तनको रक्षा गर्ने कुरामा दुखद भएको बताए । 

कांग्रेसको दुई पक्षमध्ये एक पक्षसँग सहकार्य गर्ने अवस्था आए एमालेले शेर बहादुर देउवा नेतृत्वको कांग्रेससँग सहकार्य गर्ने उनले बताए ।  

बस्नेतले एमाले विभाजन गर्न चाहना पूरा नभएपछि कांग्रेस विभाजन गराइएको समेत बताए । 

एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनः स्थापनाका रूपमा लिएको स्पष्ट उल्लेख गरे । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : ०४ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को