केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश « Khabarhub

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका छन् ।

बिहीबार ललितपुरको कुपण्डोलमा बसेको बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनपछिका निर्णय औपचारिक रूपमा अद्यावधिक गर्न आयोग जाने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार सभापति थापा र उपसभापति शर्मासहितको नवनिर्वाचित टोली केहीबेरअघि निर्वाचन आयोगमा पुगेको हो ।

‘विशेष महाधिवेशनपछिको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाने तथा उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्न र समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न आयोग जाने निर्णय भएको छ,’ नवनियुक्त प्रवक्ता देवराज चालिसेले भने ।

बैठकले कांग्रेस सभापतिका रुपमा शेरबहादुर देउवाले गर्दै आएको हस्ताक्षर हटाएर गगन थापाको कायम गराउने गरी आयोगमा जाने निर्णय गरेको हो ।

चालिसेले आफूहरूको निर्णय पुगेपछि आयोगले कांग्रेसको आधिकारिकताबारेको विवाद यथाशक्य चाँडो मिलाइदिने अपेक्षा पनि गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  २ : १९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली