विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर « Khabarhub

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ । भारतको मुम्मबईस्थित वनखेडे मैदानमा टस जितेर वेस्ट इन्डिजले पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

समूह ‘सी’मा रहेको नेपालले यसअघि दुई खेलमा पराजय भोगेको छ । नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । वेस्ट इन्डिजले भने लगातार दुई खेलमा जित निकाल्दै चार अंक जोडिसकेको छ ।

लगातार दुई खेलमा मौका नपाएका तीव्र गतिका बलर सोमपाल कामीले आजको खेलमा अवसर पाएका छन् । यो सँगै उनी लगातार तीन वटा विश्वकप खेल्ने एक्लो नेपाली खेलाडी बनेका छन् ।

पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको थियो।

दोस्रो खेलमा भने नेपाल कमजोर प्रदर्शन गर्दै इटालीसँग १० विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले बनाएको १२४ रन इटालीले बिना विकेटको क्षतिमा भेट्टाएको हो । आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : ५७ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र