कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।

भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो ।

बैठकमा निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गर्ने विषयमा छलफल र निर्णय हुनेछ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गरी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरेका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : २९ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा