सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै « Khabarhub

सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विशेष महाधिवेशनपछि कांग्रेस विवादको विषयमा परेको रिटको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइको पेसी आजलाई तोकिएको हो ।

आइतबार सार्वजनिक पेसी सूची अनुसार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो । उक्त मुद्दाको पेसी क्रम सङ्ख्या २२ मा छ ।

गत पुस अन्तिममा गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद चुलिएको थियो ।

आयोगको निर्णयविरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा विशेष महाधिवेशनको नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ११ : ४४ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित