समानुपातिक सांसदका लागि यी हुन् कांग्रेसबाट सिफारिस २० जना « Khabarhub

समानुपातिक सांसदका लागि यी हुन् कांग्रेसबाट सिफारिस २० जना


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि २० जना नेताहरूको नाम निर्वाचन आयोगमा पठाएको छ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम आयोगमा सिफारिस गरेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेले आयोगले तोकेको मापदण्डअनुसार २० जनाको नाम पठाइएको बताए ।

आयोगको कानुनबमोजिम बैठकले समानुपातिकतर्फ सांसद निर्वाचित गर्न १५ महिला र ५ जना पुरूषको नाम सिफारिस गरेको उनले बताए ।

तर उम्मेदवारहरूको क्लस्टर तलमाथि भएमा आयोगले सच्याउने भएकाले नाम औ‍पचारिक रुपमा सार्वजनिक नगरिएको उनलले बताए ।

कांग्रेसका अर्का नेताले पनि सूचीमा रहेका नाममा हेरफेरको सम्भावना पनि हुन सक्ने भएपछि सार्वजनिक नगरिएको जानकारी दिए ।

को-को सिफारिस भए ?

खस–आर्य कोटा
सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, कालीबहादुर सहकारी र अर्जुननरसिंह केसी।

आदिवासी जनजाति कोटा
गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, मदनकृष्ण श्रेष्ठ र भीष्मराज आङ्देम्बे।

मधेशी कोटा
निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव।

दलित कोटा
हरिनादेवी कामी, पवित्रा विक र मनमाया विक।

थारू कोटा
प्रमिलाकुमारी गच्छदार।

मुस्लिम कोटा
शाहजान खातुन।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : १३ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा