भोजपुरको लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’ निर्माण « Khabarhub

भोजपुरको लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’ निर्माण


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५ टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो ।

स्थानीय सरकारले ‘एक टोल, एक खेलमैदान’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको हो । यस कार्यक्रममार्फत गाउँका हरेक टोलमा खेल पूर्वाधार विस्तार गरिँदा युवाहरूलाई आफ्नै ठाउँमा खेल अभ्यास गर्न सहज वातावरण बनेको छ ।

हतुवागढी–२ वडाध्यक्ष विचारी थापाका अनुसार खेलकुदको विकाससँगै युवाहरूमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन, लागूपदार्थ दुर्व्यसनबाट टाढा राख्ने तथा सामाजिक एकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

मैदान निर्माणपछि स्थानीय युवाहरूमा उत्साह उल्लेखनीय रूपमा बढेको छ । बिहान–बेलुका नियमित रूपमा भलिबल खेलिने गरेको छ भने विभिन्न टोलबीच मैत्रीपूर्ण प्रतियोगिता पनि सञ्चालन हुन थालेका छन् । यसले गाउँमा आपसी सम्बन्ध सुदृढ बनाउन र सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीयवासी बताउँछन् ।

यस्तै, खेलमैदान निर्माणसँगै भविष्यमा वडा तथा गाउँपालिकास्तरका प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरिएको छ । यसबाट लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी जिल्ला तथा प्रदेशस्तरसम्म पुर्याउने लक्ष्य लिइएको वडाले जनाएको छ ।

वडाले आगामी दिनमा खेलकुद सामग्री व्यवस्थापन, मैदान स्तरोन्नति तथा अन्य खेल पूर्वाधार विकासलाई समेत निरन्तरता दिने योजना बनाएको छ । स्थानीयस्तरमै खेलकुदको विकासले समग्र गाउँको सामाजिक तथा शारीरिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने स्थानीयको भनाइ छ । 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : ३५ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास