चिनियाँ जासुसी स्याटेलाइटको सहयोगमा इरानले साधँधेको थियो अमेरिकी सैन्य बेसहरूमा निशाना « Khabarhub

चिनियाँ जासुसी स्याटेलाइटको सहयोगमा इरानले साधँधेको थियो अमेरिकी सैन्य बेसहरूमा निशाना


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

तेहरान- करिब दुई महिना पुग्न लागेको पश्चिम एसिया युद्धका क्रममा इरानले चिनियाँ जासुसी स्याटेलाइटको प्रयोग गरेको दाबी सार्वजनिक भएको छ।

फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार इरानले चीनको त्यस स्याटेलाइटमार्फत् मध्यपूर्वमा अवस्थित अमेरिकी सैन्य ठाउँहरूलाई निशाना बनाएको थियो।

रिपोर्टका अनुसार, इरानले सन् २०२४ को अन्त्यमा चीनबाट टीईई-०१ बी स्याटेलाइट प्राप्त गरेको थियो।

यो स्याटेलाइटमार्फत इरानी सैन्य अधिकारीहरूले अमेरिकी ठाउँहरूको निगरानी गरेका थिए। रिपोर्टमा गत मार्चमा ड्रोन र मिसाइल हमलाहरू अघि र पछि यी ठाउँहरूको तस्बिरहरू खिचिएका थिए।

यीनमा साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेस, जर्डनका सैन्य बेसहरू र बहराइनस्थित अमेरिकी नौसेना बेस वरपरका क्षेत्रहरू समावेश छन्।

सम्झौताअनुसार इरानलाई बेइजिङको एक स्याटेलाइट सेवा कम्पनीका ग्राउन्ड स्टेशनहरूमा पनि पहुँच दिइएको थियो, जसले डाटा र नियन्त्रणमा सहयोग पुर्‍याएको थियो।

तर चीनले यी आरोपहरूलाई अस्वीकार गर्दै भ्रामक भनेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि चीनले इरानलाई सैन्य सहायता दिए उसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

इरानले माग्यो २७० अर्ब डलरको क्षतिपूर्ति

यसैबीच अमेरिका र इजराइलसँग जारी द्वन्द्वका बीच इरानले करिब २७० अर्ब डलरको क्षतिको दाबी गर्दै क्षतिपूर्ति मागेको छ।

संयुक्त राष्ट्र संघमा इरानका प्रतिनिधिले हमलाहरूमा क्षेत्रीय देशहरूको भूमिका रहेको बताउँदै उनीहरूले पनि पनि यसको मूल्य चुकाउनुपर्ने उल्लेख गरे।

इरान सरकारकी प्रवक्ता फातिमेह मोहाजेरानीका अनुसार, २८ फेब्रुअरीदेखि सुरू युद्धपछि देशलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २७० अर्ब डलरको क्षति भएको छ।

यो जानकारी उनले रूसको समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा दिएकी थिइन्। संयुक्त राष्ट्रमा इरानका दूतले पाँच क्षेत्रीय देशहरूको भूमि इरानमाथि हमला गर्न प्रयोग गरिएको थियो। त्यसैले यी देशहरूले पनि इरानलाई क्षतिपूर्ति दिनुपर्ने उनले बताए ।

इरानले क्षतिपूर्ति उठाउनका लागि हर्मुज स्ट्रेटबाट गुजर्ने जहाजहरूमाथि कर लगाउने प्रस्ताव पनि गरेको छ।

यसैबीच अमेरिकासँग सम्भावित वार्ताको तयारी पनि चलिरहेको छ। यद्यपि, क्षेत्रीय देशहरूको मध्यस्थताका बाबजुद इरान आफ्नो अडानमा कडा छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ४ : ४७ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा