महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै « Khabarhub

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो ।
 
कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहकमध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो । 

“कार्यालयले रु तीन करोड ७० लाख बक्यौता उठाउन बाँकी छ”, उनले भने। बोर्डले भरतपुर महानगरपालिका–१ देखि १६ सम्म र वडा नम्बर २२ लाई आफ्नो कार्यक्षेत्र बनाएर पानी वितरण गर्दै आएको छ ।
 
बक्यौता असुलीका लागि टोली बनाएर काम गर्न थालिएको प्रमुख बरालले बताए। टोलीले हालसम्म नौ ग्राहकको धाराको लाइन काटिसकेको छ । लामो समय महसुल नतिर्ने ३०० ग्राहकबाट रु २० लाख बक्यौता उठाउन बाँकी छ । 

ती ग्राहकले विगत पाँच वर्षदेखि बक्यौता रकम बुझाएका छैनन् । तीन महिनासम्म बक्यौता नतिरेका १३ हजार २५ ग्राहकबाट रु तीन करोड ५० लाख बक्यौता उठाउन बाँकी रहेको प्रमुख बरालले बताए। 
 
बक्यौता असुलीका लागि कार्यालयले ग्राहकलाई एसएमएस गर्ने, पत्रचार गर्नेलगायतका काम गर्न थालिएको छ । पत्राचारपछि बक्यौता असुलको क्रम वढेको छ । बोर्डले मासिक दुई करोड ७६ लाख लिटर पानी बिक्री गर्दै आएको छ । 

अहिले चोरी नियन्त्रण भए पनि ढल निकासका लागि नाला बनाउने, सडक मर्मतलगायतका कामले चुहावट भने नरोकिएको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ४१ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत