अख्तियार प्रमुखसहित उच्च पदस्थलाई मार्ने धम्की दिने पाठक पुगे कारागार « Khabarhub

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई मार्ने धम्की दिने पाठक पुगे कारागार


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई मार्ने धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोपको गम्भीरता, प्रस्तुत प्रमाण तथा घटनाको प्रकृति हेर्दा अभियुक्तलाई थुनामा राखेर अनुसन्धान अघि बढाउनुपर्ने ठहर शुक्रबार गरेको हो।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भई हाल फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय पाठकलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो। उनलाई काठमाडौं ल्याइएपछि अदालतमा उपस्थित गराएर मुद्दा चलाइएको थियो ।

प्रहरीका अनुसार पाठकले आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप’ वा ‘नेपाल इजिएन’ नामक संगठनको अध्यक्ष बताउँदै विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिएका थिए। धम्कीमा अख्तियार प्रमुख प्रेमकुमार राईसहित अन्य सरकारी अधिकारीहरू लक्षित थिए।

प्रहरीले पाठकविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर, ठगी, आपराधिक लाभ (एक्सटर्सन), आपराधिक षड्यन्त्र तथा विद्युतीय कारोबारसम्बन्धी कसुरसहित कुल ६ वटा मुद्दा दर्ता गरेको थियो ।

अनुसन्धानका क्रममा उनी सन् २०२५ अक्टोबर २२ मा फिलिपिन्सबाटै इमेल पठाएर धम्की दिएको खुलेको प्रहरीले जनँएको थियो । सोही घटनापछि उनलाई इन्टरपोलमार्फत ‘वाञ्छित सूची’ मा राखी उनको खोजी गरिएको थियो।

प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा र फिलिपिन्स प्रहरीबीचको समन्वयमा उनलाई पक्राउ गरी नेपाल ल्याइएको थियो।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ६ : २० बजे

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको