६ वर्षमा शून्य उपलब्धि, पानीजहाज कार्यालयमा कर्मचारी तलबमै झण्डै २ करोड खर्च « Khabarhub

६ वर्षमा शून्य उपलब्धि, पानीजहाज कार्यालयमा कर्मचारी तलबमै झण्डै २ करोड खर्च


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ६ वर्षअघि ठूलो महत्वाकांक्षा सहित स्थापना गरिएको नेपाल पानीजहाज कार्यालयले हालसम्म ठोस प्रगति हासिल गर्न नसकेको पाइएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार कार्यालयले जल यातायात विकासका नाममा संरचना खडा गरे पनि नीति, कानुन र कार्ययोजना नै तयार गर्न सकेको छैन ।

वैकल्पिक यातायातको विकास तथा आन्तरिक र समुद्रसम्म जल यातायात पहुँच विस्तार गर्ने उद्देश्यसहित नेपाल पानीजहाज दर्ता ऐन, २०२७ अनुसार २०७५ फागुन २ गते कार्यालय स्थापना गरिएको थियो । कार्यालयलाई पानीजहाज तथा डुंगा दर्ता, सञ्चालन व्यवस्थापन र नियमनको जिम्मेवारी दिइएको थियो ।

चालु आर्थिक वर्षमा कार्यालयका लागि ४ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा १ करोड ९८ लाख रुपैयाँ खर्च भएको छ । महालेखाको प्रतिवेदनअनुसार कार्यालय स्थापना भएको ६ वर्ष बितिसक्दा पनि जल यातायात विकास तथा विस्तारका लागि आवश्यक कानुन तर्जुमा, कार्ययोजना निर्माण र पूर्वाधार विकासको काम अघि बढ्न सकेको छैन ।

पन्ध्रौँ योजनामा जलमार्गमार्फत समुद्रसम्म पहुँच विस्तार गर्ने लक्ष्य उल्लेख भए पनि त्यसअनुसार कुनै प्रभावकारी कार्यक्रम कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले कानुनी तथा संरचनागत पूर्वाधार तयार गरी स्पष्ट मार्गचित्रसहित आर्थिक र प्राविधिक रूपमा सम्भाव्य कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ७ : ३१ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको