अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’ « Khabarhub

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

युरोपेली देशहरूद्वारा प्रतिबन्ध फुकुवा गर्ने घोषणा


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै देश ‘शान्ति सम्झौता’ मा पुगेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको र यो लागू भइसकेको पुष्टि गरेका छन् । उनका अनुसार आगामी शुक्रबार स्विट्जरल्यान्डमा यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह तय गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको घोषणा गरेका छन् । सम्झौतापछि वासिङ्टनले हर्मुजमा लगाउँदै आएको नौसैनिक नाकाबन्दी समेत अन्त्य गर्ने घोषणा राष्ट्रपति ट्रम्पले गरेका छन् ।

यसैबीच, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौताको स्वागत गरेका छन् । इरानले आफ्नो आणविक कार्यक्रमका सन्दर्भमा चाल्ने कदमका आधारमा उनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ५ : ३२ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम