सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ? « Khabarhub

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन शाहको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्‍याएका छन् ।

उनले प्रधानमन्त्री शाहले चाँडै संसद्मा आएर आफ्नो भनाइ सच्याउने विश्वास पनि जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने विषय आफूहरूले उठाइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई सच्याउने अपेक्षा रहेको बताए ।

उनले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई धम्की दिएको घटना सार्वजनिक भएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए।

यसका साथै, उक्त घटनाको विरोधमा माइतीघरमा प्रदर्शन गरेका अजय सोडारी र वीरजंग विकलाई हिरासतमा राखिएको तथा उनीहरूमाथि झुटा मुद्दा चलाइएको जानकारी आएको भन्दै अनावश्यक दुःख नदिन आग्रह गरे।

राईले एक नागरिकको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको जस्तो देखिएको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिलाई आवश्यक सचेतना र कारबाही गर्नुपर्ने बताए ।

त्यस्तै, कैलालीको गोदावरी क्षेत्रमा एक गरिब नागरिकको टेम्पो भिरबाट खसालिएको घटना देखिएको भन्दै दोषीमाथि कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।

प्रहरीले घरको छानामाथि ढुंगा प्रहार गरेको दृश्यसमेत देखिएको दाबी गर्दै राईले यस्ता घटनाबारे स्पष्ट जवाफ आवश्यक रहेको बताए।

‘प्रहरी देख्दा नागरिकलाई सुरक्षा र शान्तिको अनुभूति हुनुपर्छ,’ उनले भने, ‘राज्यका निकायबाट नागरिकमाथि अन्याय हुने अवस्था अन्त्य हुनुपर्छ।’

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ११ : ४९ बजे

भावनाको तीज लक्षित डान्सिङ गीत ‘सर्लक्कै’ सार्वजनिक

काठमाडौं – गायक बद्री पंगेनी र गायिका भावना आचार्यको स्वरमा

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै