मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो « Khabarhub

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा मलमासको अन्तिम सोमबारे औँसीका अवसरमा स्नान तथा पूजाआजा गर्ने श्रद्धालुको उल्लेख्य घुइँचो लागेको छ ।

सोमबारे औँसी तथा मलमासको अन्तिम दिन पवित्र स्नान गर्न देशका विभिन्न स्थानबाट भक्तजन देवघाटधाम पुगेका थिए । त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा स्नान गरी श्रद्धालुले पूजा, आराधना, दान तथा धार्मिक अनुष्ठान गरेका छन् ।

धार्मिक विश्वासअनुसार सोमबारे औँसीका दिन देवघाटमा स्नान तथा पूजाआजा गर्दा पुण्य प्राप्त हुने मान्यता रहेकाले हरेक वर्ष यस अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ । यस वर्ष पनि चितवन, नवलपुर, तनहुँसहित आसपासका जिल्लाबाट हजारौँ श्रद्धालु देवघाट पुगेका छन् ।

श्रद्धालुको चापलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाले तीर्थयात्रीको सहजताका लागि आवश्यक व्यवस्थापन गरेका छन् ।

मलमासको अन्तिम दिन देवघाटधाममा भक्तजनको भरिभराउ भएको छ भने धार्मिक गतिविधिले क्षेत्रको वातावरण थप भक्तिमय बनेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ४० बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई