अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा « Khabarhub

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेका क्षेत्रबाट इजरायल पछि नहट्ने स्पष्ट अडान सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीच अन्तरिम शान्ति सम्झौताको प्रक्रिया अगाडि बढिरहेका बेला आएको उनको अभिव्यक्तिलाई क्षेत्रीय तनाव अझै कायम रहेको सङ्केतका रूपमा हेरिएको छ ।

अमेरिका र इरानबीचको अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षरका लागि आगामी शुक्रबार जेनेभामा वार्ता हुने तयारी भइरहेका बेला इजरायलको यो पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको हो । पाकिस्तानले उक्त भेटवार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको बताइएको छ ।

रक्षामन्त्री काट्जले इजरायलले लेबनान, सिरिया र गाजा पट्टीमा नियन्त्रणमा लिएका क्षेत्रहरू ‘अनिश्चितकालसम्म’ आफ्नो नियन्त्रणमा राख्ने नीति अपनाएको बताए। साथै उनले लेबनानमा हिजबुल्लाहविरुद्ध जारी सैन्य कारबाही रोक्ने विषयमा इरानसँग भएको अन्तरिम समझदारीप्रति पनि शङ्का व्यक्त गरे।

उनले इरानले इजरायलमाथि कुनै पनि प्रकारको आक्रमणको प्रयास गरे कडा प्रतिकार गरिने चेतावनी दिँदै आवश्यक परे ‘ठूलो बल प्रयोग’ गर्न सकिने सङ्केत गरे।

पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा इजरायलले गाजा, लेबनान र सिरियाका विभिन्न क्षेत्रहरूमा करिब एक हजार वर्गकिलोमिटर भूभाग आफ्नो नियन्त्रणमा लिएको जनाइएको छ । उक्त क्षेत्रफल अमेरिकी सहर न्युयोर्कको क्षेत्रफलभन्दा केही सानो रहेको बताइएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ४१ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली