अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा « Khabarhub

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेका क्षेत्रबाट इजरायल पछि नहट्ने स्पष्ट अडान सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीच अन्तरिम शान्ति सम्झौताको प्रक्रिया अगाडि बढिरहेका बेला आएको उनको अभिव्यक्तिलाई क्षेत्रीय तनाव अझै कायम रहेको सङ्केतका रूपमा हेरिएको छ ।

अमेरिका र इरानबीचको अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षरका लागि आगामी शुक्रबार जेनेभामा वार्ता हुने तयारी भइरहेका बेला इजरायलको यो पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको हो । पाकिस्तानले उक्त भेटवार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको बताइएको छ ।

रक्षामन्त्री काट्जले इजरायलले लेबनान, सिरिया र गाजा पट्टीमा नियन्त्रणमा लिएका क्षेत्रहरू ‘अनिश्चितकालसम्म’ आफ्नो नियन्त्रणमा राख्ने नीति अपनाएको बताए। साथै उनले लेबनानमा हिजबुल्लाहविरुद्ध जारी सैन्य कारबाही रोक्ने विषयमा इरानसँग भएको अन्तरिम समझदारीप्रति पनि शङ्का व्यक्त गरे।

उनले इरानले इजरायलमाथि कुनै पनि प्रकारको आक्रमणको प्रयास गरे कडा प्रतिकार गरिने चेतावनी दिँदै आवश्यक परे ‘ठूलो बल प्रयोग’ गर्न सकिने सङ्केत गरे।

पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा इजरायलले गाजा, लेबनान र सिरियाका विभिन्न क्षेत्रहरूमा करिब एक हजार वर्गकिलोमिटर भूभाग आफ्नो नियन्त्रणमा लिएको जनाइएको छ । उक्त क्षेत्रफल अमेरिकी सहर न्युयोर्कको क्षेत्रफलभन्दा केही सानो रहेको बताइएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ४१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच