यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती « Khabarhub

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले यसअघिका सरकारहरूले गरेको गलत कामको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । 

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शाहीले सरकारका मन्त्रीहरूले आफ्नो कमजोरी ढाकछोप गर्न यसअघिका सरकारहरूले पनि गलत गरेको आरोप लगाइरहेको भन्दै गलत कामको छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।

उनले सरकारको नेतृत्वमा बसेका मान्छेहरूले धम्कीको भाषा प्रयोग गर्न नसुहाउने बताए । अगाडिका सरकारहरूले नियम कानुन संविधान विपरीत काम गरेको भए छानबिनगरि कानुनी कारबाहीको दायरामा ल्याउने दायित्व र जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।

उनले सरकारमा बसेकाहरूले गल्ती गर्न नहुने भन्दै गल्ती भएका विषयमा सरकारले जनतालाई जवाफ दिन सक्नुपर्ने बताए । 

सांसद शाहीले दुई तिहाइको नजिक पुगेको सरकारले जनताको अपेक्षा अनुसार देशको विकासमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

स्वदेशमै नै उत्पादनका स्रोतहरू पहिचान गर्ने, लगानी केन्द्रित गर्ने, रोजगारी सिर्जना गर्ने, विगतमा भएका भ्रष्टाचारका प्रकरणको छानबिन लगायतका विषयमा प्रतिपक्षी दल भए पनि सरकारको साथमा रहने उनले बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  २ : ३६ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक