यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती « Khabarhub

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले यसअघिका सरकारहरूले गरेको गलत कामको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । 

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शाहीले सरकारका मन्त्रीहरूले आफ्नो कमजोरी ढाकछोप गर्न यसअघिका सरकारहरूले पनि गलत गरेको आरोप लगाइरहेको भन्दै गलत कामको छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।

उनले सरकारको नेतृत्वमा बसेका मान्छेहरूले धम्कीको भाषा प्रयोग गर्न नसुहाउने बताए । अगाडिका सरकारहरूले नियम कानुन संविधान विपरीत काम गरेको भए छानबिनगरि कानुनी कारबाहीको दायरामा ल्याउने दायित्व र जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।

उनले सरकारमा बसेकाहरूले गल्ती गर्न नहुने भन्दै गल्ती भएका विषयमा सरकारले जनतालाई जवाफ दिन सक्नुपर्ने बताए । 

सांसद शाहीले दुई तिहाइको नजिक पुगेको सरकारले जनताको अपेक्षा अनुसार देशको विकासमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

स्वदेशमै नै उत्पादनका स्रोतहरू पहिचान गर्ने, लगानी केन्द्रित गर्ने, रोजगारी सिर्जना गर्ने, विगतमा भएका भ्रष्टाचारका प्रकरणको छानबिन लगायतका विषयमा प्रतिपक्षी दल भए पनि सरकारको साथमा रहने उनले बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  २ : ३६ बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण