मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती « Khabarhub

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला व्यवस्थापनमा  चुनौती थपिएको छ । 

मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएका  स्थानमा उचित ढङ्गले फोहरमैला व्यवस्थापन नगरेकाले  फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको हो ।
  
बिगत वर्षभन्दा चालु वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने  भारतीय पर्यटकहरूको आगमन भने बढेको छ । भारतीय पर्यटकहरुकै कारण यहाँ जथाभावी फोहर बढेसँगै व्यवस्थापनमा कठिनाइ भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम कार्यालयका अनुसार झण्डै दैनिक १० हजार भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न  आउने गरेको उल्लेख छ । यहाँ दर्शनार्थी बढेसँगै, राजमार्ग, आसपासका होटलमा पर्यटकको  चहलपहल भने उत्साह जनक  रहेको छ । 

दर्शनार्थीले स्नान गर्दा जथाभावी फोहर मिल्काउने, अनियन्त्रित रुपमा जथाभावी फोहर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतामाथि प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : १३ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली