एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता « Khabarhub

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षारोपण कार्य अगाडि बढाउन प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ ।

एमसिए नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा रहेको सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षारोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले आज जनाएको छ । 

वृक्षरोपणले वातावरणीय संरक्षण र दिगो वन व्यवस्थापनमा योगदान पुग्ने बताइएको छ ।
 
सागरनाथ वन विकास परियोजनाले सर्लाही, महोत्तरी र रौतहट जिल्लामा गरी १३ हजार ५१२ हेक्टर (अर्थात् करिब १३५ वर्ग किलोमिटर) वन क्षेत्रफल ओगटेको छ । 

यो आयोजना महोत्तरीको पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा बागमती नदीकोबीचमा फैलिएको छ । 

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : ३२ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः