पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण « Khabarhub

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पालिकामा दोदा नदीले क्षति पुर्याउँदै आएको छ भने वर्षात्का समयमा डुबानलगायतका समस्याका पालिकाका नागरिक प्रभावित हुने गरेको पुर्नबास नगरपालिकाले जनाएको छ ।

विपद् तथा बाढीका बेला हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि उद्धारमा खटिने सशस्त्र प्रहरीलाई एक थान रवर बोट र दश थान ‘लाइफ ज्याकेट’लगायतका उद्धार सामग्री नगरपालिकाले उपलब्ध गराएको सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनले उक्त सामग्री पुनर्वासमै रहेको सशस्त्र प्रहरी बलको बिओपीलाई हस्तान्तरण गरिएको बताए ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले मङ्गलबार पुर्नबास नगरपालिकामा सीमावासीसित अन्तरक्रियासमेत गरेको छ । कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालाबीच सीमा क्षेत्रमा देखिएका समस्या, लागुऔषध नियन्त्रण, तस्करी, मलखाद अभाव, सीमा विवाद तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले जनाएको छ ।

स्थानीयहरूले भारतबाट घरायसी प्रायोजनका लागि सर्वसाधारण नागरिकले ल्याउने सामान्य सामानमा धेरै दुःख दिन नहुने धारणा राखेका थिए । अखाद्य वस्तु तथा तस्करीजन्य सामग्री हो या होइन छुट्याएरमात्रै कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् । स्थानीय बजार नै बन्द हुने अवस्था सृजना भएको बताउँदै नेपालमा खोर र भारतबाट कुखुरा ल्याउनेजस्ता गतिविधिमा नियन्त्रण गर्न सशस्त्र प्रहरीले जोड दिनुपर्ने सुझाव दिएका छन् । यस्तै लागूऔषध नियन्त्रणमा जनशक्ति व्यवस्थापन गरी प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका बहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले कञ्चनपुरमा हाल चारवटा सीमा सुरक्षा पोस्ट (बीओपी)मा नयाँ भवन निर्माण भइसकेको र आगामी वर्ष थप तीनवटा बीओपीमा नयाँ भवन निर्माण हुने प्रक्रिया अघि बढेको जानकारी दिए । उनले व्यक्तिगत प्रयोजनका लागि पाँचसय रुपैयाँभन्दा बढी मूल्यका सामान नल्याउन आग्रह गर्दै विवाह, पूजा वा अन्य बहानामा हुने तस्करी नियन्त्रण गरिने स्पष्ट पारे ।

खराब नियतका सुरक्षाकर्मीमाथि तत्काल कारबाही हुने बताउँदै किसानलाई आवश्यक मल ल्याउन सहजता दिइने तर तस्करीमा संलग्नमाथि कडा कारबाही गरिने बताए । गत वर्ष असारको तुलनामा यस वर्ष ६५ प्रतिशत राजस्व वृद्धि भएको जानकारी दिँदै पत्रकारलाई पुराना तस्बिर प्रयोग नगर्न र आवश्यक परे नयाँ तस्बिर माग्न आग्रह गरे । सीमा विवाद समाधानका लागि दुवै देशका प्राविधिक टोलीले काम गरिरहेको र विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गरी काम भइरहेको उनले बताए । साथै, विपद् स्वयंसेवक परिचालन तथा ‘लुना एप’ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिए ।

कार्यक्रमका पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले सर्वसाधारणले दैनिक उपभोगका सामान्य घरायसी सामान भारतबाट ल्याउँदा सहज वातावरण बनाउन आग्रह गरे । तस्करी, अखाद्य वस्तु, मदिरा तथा अन्य अवैध सामानमाथि भने कडाइ गर्नुपर्नेमा उनले जोड दिए । उनले लागूऔषध पुनर्वासका लागि गम्भीर चुनौती बनेको बताउँदै केही स्थानीय युवा यसको चपेटामा परेको बताए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ११ : ०८ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र