काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि « Khabarhub

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रममा २ हजार ७७९ महिलामध्ये ९० जनामा एचपीभी डीएनए संक्रमण पुष्टि भएको छ ।

महानगरपालिकाका अनुसार २०८२ चैत १६ देखि २०८३ वैशाख २१ सम्म सञ्चालन गरिएको परीक्षणमा १२ जनामा एचपीभी–१६, १३ जनामा एचपीभी–१८ र ६५ जनामा अन्य प्रकारका एचपीभी संक्रमण देखिएको हो ।

एचपीभी संक्रमण देखिनु क्यान्सर भएको नभई भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम रहेको संकेत मात्र भएको चिकित्सकहरूले बताएका छन् ।

कार्यक्रमका क्रममा ३ हजार ४९४ महिलाले नाम दर्ता गरे पनि २ हजार ९७५ जना मात्रै परीक्षणका लागि अस्पताल पुगेका थिए । उनीहरूमध्ये २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । यस क्रममा ४११ जनाको म्यामोग्राम र ४९४ जनाको स्तनको भिडियो परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा ११ जनामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था देखिएको छ। तीमध्ये चार जनामा उच्च जोखिम र सात जनामा न्यून जोखिमको अवस्था रहेको जनाइएको छ ।

त्यस्तै, स्तन परीक्षणमा चार जनाको बायोप्सी गर्नुपर्ने देखिएकामा दुई जनामा स्तन क्यान्सर पुष्टि भई उपचार भइरहेको महानगरपालिकाले जनाएको छ ।

वडागत विवरणअनुसार वडा नम्बर २२ का ११ जनामा एचपीभी संक्रमण पुष्टि भएको छ भने वडा नम्बर १६ मा नौ जना, वडा नम्बर १४ र १५ मा समान सात–सात जना तथा वडा नम्बर ७ मा छ जनामा संक्रमण देखिएको छ । वडा नम्बर २, १२, १७, १८, २० र २१ का परीक्षण गराएका महिलामा भने संक्रमण पुष्टि भएको छैन ।

चिकित्सकहरूले ३० देखि ६० वर्ष उमेर समूहका महिलाले प्रत्येक पाँच वर्षमा एक पटक पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउन तथा स्तनमा गाँठो, आकार परिवर्तन वा अन्य असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ११ : ५९ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित