स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान « Khabarhub

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । 

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी ऐनको दफा २२ (३) बमोजिम नियुक्ति गर्नका लागि यो सूचना बुधबार पहिलो पटक प्रकाशन गरिएको हो। 

‘स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३’ को दफा ७ को उपदफा (१) बमोजिम यो दरखास्त माग गरिएको हो । यस पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारहरूले दरखास्त फाराम सम्बन्धी विस्तृत विवरण, छनोट कार्यविधि र स्वास्थ्य बीमा ऐन, २०७४ को अध्ययन गर्न सक्नेछन् । 

यो सम्बन्धी सम्पूर्ण विस्तृत सूचना स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेबसाइट र स्वास्थ्य बीमा बोर्डको वेबसाइटमा उपलब्ध गराइएको छ । योग्यता पुगेका इच्छुक आवेदकले तोकिएका वेबसाइटहरूबाट फाराम तथा कार्यविधि डाउनलोड गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १२ : ४६ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम