स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान « Khabarhub

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । 

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी ऐनको दफा २२ (३) बमोजिम नियुक्ति गर्नका लागि यो सूचना बुधबार पहिलो पटक प्रकाशन गरिएको हो। 

‘स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३’ को दफा ७ को उपदफा (१) बमोजिम यो दरखास्त माग गरिएको हो । यस पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारहरूले दरखास्त फाराम सम्बन्धी विस्तृत विवरण, छनोट कार्यविधि र स्वास्थ्य बीमा ऐन, २०७४ को अध्ययन गर्न सक्नेछन् । 

यो सम्बन्धी सम्पूर्ण विस्तृत सूचना स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेबसाइट र स्वास्थ्य बीमा बोर्डको वेबसाइटमा उपलब्ध गराइएको छ । योग्यता पुगेका इच्छुक आवेदकले तोकिएका वेबसाइटहरूबाट फाराम तथा कार्यविधि डाउनलोड गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १२ : ४६ बजे

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको