दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु « Khabarhub

दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ।

वर्षायाम सुरु भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो । लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको र नियमित मर्मत–सम्भार तथा सरसफाइ पनि हुन नसक्दा रंगशालाको अवस्था अस्तव्यस्त देखिएको थियो ।

केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूले मैदान झाडीले ढाकिएको र उचित संरक्षण हुन नसकेको विषयलाई प्राथमिकताका साथ समाचार प्रकाशित गरेपछि सम्बन्धित निकायले मैदानको सरसफाइ तथा घाँस काट्ने काम थालेको हो ।

हाल मैदानमा घाँस काट्ने र सरसफाइ गर्ने कार्य भइरहेको छ  । मैदानलाई पुनः खेल सञ्चालनयोग्य बनाउन आवश्यक मर्मत तथा व्यवस्थापनका अन्य काम पनि अघि बढाइएको छ ।

दशरथ रंगशाला नेपालकै प्रमुख अन्तर्राष्ट्रिय खेलस्थल हो । यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलसहित विभिन्न खेल प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । तर पछिल्लो समय नियमित खेल गतिविधि नहुँदा मैदानको संरक्षण र व्यवस्थापनप्रति प्रश्न उठ्दै आएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १ : ३२ बजे

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव