दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु « Khabarhub

दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ।

वर्षायाम सुरु भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो । लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको र नियमित मर्मत–सम्भार तथा सरसफाइ पनि हुन नसक्दा रंगशालाको अवस्था अस्तव्यस्त देखिएको थियो ।

केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूले मैदान झाडीले ढाकिएको र उचित संरक्षण हुन नसकेको विषयलाई प्राथमिकताका साथ समाचार प्रकाशित गरेपछि सम्बन्धित निकायले मैदानको सरसफाइ तथा घाँस काट्ने काम थालेको हो ।

हाल मैदानमा घाँस काट्ने र सरसफाइ गर्ने कार्य भइरहेको छ  । मैदानलाई पुनः खेल सञ्चालनयोग्य बनाउन आवश्यक मर्मत तथा व्यवस्थापनका अन्य काम पनि अघि बढाइएको छ ।

दशरथ रंगशाला नेपालकै प्रमुख अन्तर्राष्ट्रिय खेलस्थल हो । यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलसहित विभिन्न खेल प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । तर पछिल्लो समय नियमित खेल गतिविधि नहुँदा मैदानको संरक्षण र व्यवस्थापनप्रति प्रश्न उठ्दै आएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १ : ३२ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम