डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा « Khabarhub

डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरस्थीत प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि सुरु हुने श्रावणी मेलाको तयारी पुरा भएको छ ।

डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले बुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै श्रावण १ देखि भाद्र ६ गतेसम्म चल्ने श्रावणी मेलाको तयारी पुरा भएको जनाएको छ ।

समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलालाई भव्य र सभ्य बनाउन १४ वटा उप समिति गठन गरिएको र मेला अवधिभर  भजन कृतन, विभिन्न गुरूहरूबाट प्रवचन समेत आयोजना हुने जानकारी दिए । 

श्रावण १ गते चन्द्रबिनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरु हुने र मेलाको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन गर्ने र भाद्र ६ गते मेलाको समापन हुने उनले बताए । 

त्यस्तै सरसफाइ, ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्था सबै  मिलाइएको समितिले जनाएको छ । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १ : ५० बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम