संसद्‍बाट चर्को आलोचना : नागरिक सीमा जोगाउन लडिरहँदा सरकार र सेना रमिता हेरेर बसे « Khabarhub

संसद्‍बाट चर्को आलोचना : नागरिक सीमा जोगाउन लडिरहँदा सरकार र सेना रमिता हेरेर बसे


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री बालेन शाहको जेठ १७ गतेको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’को संज्ञा दिएकी छन् ।

उनले वालेन्द्रको अभिव्यक्ति कुनै हालतमा अस्वीकार्य रहेको बताइन् । उनले सरकार सीमा सुरक्षाको विषयमा गम्भीर हुनुपर्ने बताएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकमा अन्योल र तनाव सिर्जना भएको दाबी गरिन्।

‘बेलुका सुत्दा नेपाली र बिहान उठ्दा भारतीय हुने अवस्था आएको छ,’ उनले भनिन् । सीमा जोगाउन नागरिक संघर्षरत रहँदा सरकार र नेपाली सेना भने मौन बसेको आरोप लगाइन्।

सीमा सुरक्षामा सेना सक्रिय हुनुपर्ने उनले उल्लेख गरिन् । श्रेष्ठले सीमा रक्षामा नजाने सेनाको औचित्यमाथि प्रश्न उठाइन्। सिंहदरबार र संसद्मा आगजनीका घटनामा पनि सुरक्षा निकाय रमिते बनेको आरोप उनले लगाइन्।

सांसद श्रेष्ठले सरकारले सुकुम्वासीमाथि अन्याय गरेको आरोप लगाउँदै चुनावअघि सुकुम्वासीको पक्षमा बोल्नेहरू अहिले बस्ती हटाउने अभियानमा मौन रहेको टिप्पणी गरिन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा सुकुम्वासी बस्ती भत्काइए आफ्नै छातीमा डोजर थाप्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै अहिले उनी कहाँ छन् भन्ने प्रश्न पनि उठाइन्।

नेपालले अवलम्बन गर्दै आएको ‘एक चीन नीति’ को प्रसंग उठाउँदै उनले नेपाल दलाई लामाको जन्मदिन मनाउने थलो हो कि होइन भन्ने प्रश्न गर्दै सरकारको परराष्ट्र नीतिमा समेत प्रश्न गरिन्।

उनले संसद् र सिंहदरबारमा भएको आगजनी घटनामा संलग्न व्यक्ति को थिए भन्ने विषयमा सत्य सार्वजनिक गर्न माग गर्दै सत्य लुकाउन सञ्चारमाध्यमलाई समेत तर्साउने प्रयास भएको आरोप लगाइन्।

सरकारले सही काम गरेको भए किन लगातार युवाहरूले आत्मदाहजस्तो कदम चाल्नुपरेको भन्दै उनले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्। समय सधैं कसैको पक्षमा नहुने उल्लेख गर्दै उनले जनताको धैर्यको बाँध नफुट्ने गरी सरकार जिम्मेवार बन्नुपर्ने चेतावनी दिइन्।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १ : ५७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल