संसद्‍मा विपक्षीको विरोध कायमै « Khabarhub

संसद्‍मा विपक्षीको विरोध कायमै


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन् ।

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै निरन्तर विरोधमा रहेका विपक्षी दलका सांसदहरूले बुधबार पनि संसद् बैठक सुरु हुने बित्तिकै उठेर विरोध जनाएका थिए ।

विपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद गीता गुरुङलाई बोल्न समय दिएका थिए ।

सांसद गुरुङले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर सांसदहरूका प्रश्नको जबाफ दिन सभामुखमार्फत रुलिङको माग गरिन् ।

उनले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका व्यक्तिबाट देशका युवाहरूले ठूलो आशा राखेको, तर पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्व दिन नसक्दा त्यो आशा बिस्तारै निराशामा बदलिँदै गएको उनले बताइन् । उनले प्रश्न उठ्दा स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको टिप्पणी गरिन् ।  

सांसद गुरुङले सुकुम्वासीहरूलाई स्थानान्तरण गर्ने नाममा विना तयारी डुबान क्षेत्रमा राखिएको र सरकारको अव्यवहारिक नीतिका कारण ९ जनाको मृत्यु भइसकेको उल्लेख गरिन् । 

त्यस्तै अन्य विपक्षी दलका सांसदहरूले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग कायमै रहेको जनाएका छन् । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : ०४ बजे

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव