प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता « Khabarhub

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूलाई दुवै सुरक्षा संगठनका प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा यही असार २३ देखि २४ गतेसम्म उक्त सम्मेलन भएको थियो । सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ र प्रहरी सङ्गठनबीचको सम्बन्ध, नयाँ प्रविधिको उपयोग, अन्तराष्ट्रिय सहयोग, संगठनमा लैङ्गिक उत्तरदायित्व, भाषा र प्रशिक्षण तथा उच्चस्तरीय सञ्जाल निर्माणलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

सम्मेलनका क्रममा न्युर्योक रहँदा महानिरीक्षकद्वय कार्की र पौडेलले संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न राष्ट्रका उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उक्त  सम्मेलनमा भाग लिन उनीहरू यही असार २१ गते त्यसतर्फ गएका थिए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १ : ५९ बजे

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री