सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त « Khabarhub

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

बजेट पारित गर्न समस्या भएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई ‘कि राजीनामा दिनुस, कि बजेट पारित गर्न सहयोग गर्नु’ भनेका थिए । तर एमालेका मन्त्रीहरू दुवै कुराका लागि तयार नभएपछि शाहले बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले बजेट पारित गर्ने विषयमा छलफल गर्न बोलाएको बैठकमा सरकारमा रहेर पनि असहयोग गर्न नमिल्ने बताएका थिए ।

उनले सरकारमा बस्ने हो भने बजेट पारित गर्न सहयोग गर्नुपर्ने र त्यसो गर्न नसक्ने भए पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। तर एमाले मन्त्रीहरूले पद नछाड्ने अडान लिएप बर्खास्तको निर्णय लिएका हुन् ।

मुख्यमन्त्रीले यस्तो भनेपछि असन्तुष्टि जनाउँदै एमालेका मन्त्रीहरू बैठक छाडेर हिँडेका थिए । त्यसपछि शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा सत्ता गठबन्धनभित्र मतभेद थियो ।

एमालेका मन्त्रीहरू बैठकबाट बाहिरिएसँगै मुख्यमन्त्री शाहले उक्त दलबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई बर्खास्त गरिदिएका हुन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : ०५ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल