सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त « Khabarhub

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

बजेट पारित गर्न समस्या भएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई ‘कि राजीनामा दिनुस, कि बजेट पारित गर्न सहयोग गर्नु’ भनेका थिए । तर एमालेका मन्त्रीहरू दुवै कुराका लागि तयार नभएपछि शाहले बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले बजेट पारित गर्ने विषयमा छलफल गर्न बोलाएको बैठकमा सरकारमा रहेर पनि असहयोग गर्न नमिल्ने बताएका थिए ।

उनले सरकारमा बस्ने हो भने बजेट पारित गर्न सहयोग गर्नुपर्ने र त्यसो गर्न नसक्ने भए पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। तर एमाले मन्त्रीहरूले पद नछाड्ने अडान लिएप बर्खास्तको निर्णय लिएका हुन् ।

मुख्यमन्त्रीले यस्तो भनेपछि असन्तुष्टि जनाउँदै एमालेका मन्त्रीहरू बैठक छाडेर हिँडेका थिए । त्यसपछि शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा सत्ता गठबन्धनभित्र मतभेद थियो ।

एमालेका मन्त्रीहरू बैठकबाट बाहिरिएसँगै मुख्यमन्त्री शाहले उक्त दलबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई बर्खास्त गरिदिएका हुन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : ०५ बजे

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री