जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा « Khabarhub

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अनुसन्धानपछि प्रहरीले शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएपछि अदालतले धरौटी अस्वीकार गर्दै थुनामा पठाउने आदेश दिएको हो।

प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले आफ्ना जुम्ल्याहा शिशुको मृत्यु फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि भएको दाबी गर्दै आएकी थिइन्। उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुन्। उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले मन्त्री नियुक्त हुनुअघि गरेका थिए।

इडाहोको पेएट प्रहरी विभागले लामो अनुसन्धानपछि शिशुको मृत्यु प्राकृतिक नभई श्वास अवरुद्ध गराएर हत्या गरिएको निष्कर्ष निकाल्दै शालाई पक्राउ गरी अभियोग दर्ता गरेको जनाएको छ।

मङ्गलबार भएको अदालतको सुनुवाइमा शाकी कानून व्यवसायी जोसेफ फिलिसेट्टीले उनलाई ‘मायालु र जिम्मेवार आमा’ भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको विवरण वास्तविकताभन्दा फरक रहेको बताए।

मृत्युदण्डसम्म हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलरको धरौटी रकम घटाइदिन आग्रह गरेकी थिइन्। पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उनले यस्तो अनुरोध गरेकी थिइन्। तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरता उल्लेख गर्दै धरौटी सुविधा अस्वीकार गरी उनलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको इडाहो स्टेट्सम्यानले जनाएको छ।

सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको र मृत्युको कारण खोप भएको दाबी सार्वजनिक रूपमा गरेकी थिइन्।

यद्यपि स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास अवरुद्ध हुने वा त्यस्तो जोखिम बढाउने कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन्। साथै, आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाका कारण मृत्यु भएको दाबी पनि अस्वाभाविक रहेको उनीहरूको भनाइ छ।

खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले यस घटनाबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। त्यस्तै, ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ले पनि एएफपीको प्रतिक्रिया मागको जवाफ दिएको छैन।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : १० बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको