जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही « Khabarhub

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश नबन्ने बताएका छन् ।

उनले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राज्यका संयन्त्र र संस्थाहरूलाई बलियो बनाउनुपर्ने बताएक छन् ।

शाहीले राजनीतिक दल र नेतृत्वले क्षणिक प्रचारबाजीभन्दा जनताका वास्तविक र दीर्घकालीन आवश्यकता पूरा गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

नेपाली राजनीतिको मूल मुद्दा विकास र समृद्धि हुनुपर्नेमा अचेल सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधि हाबी भएको उनले बताए ।

‘जनताले भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय खोजेका छन्’, उनले भने, ‘तर आज हाम्रा मूल मुद्दा ओझेलमा परेर सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा ध्यान केन्द्रित भएको छ। यस्ता गतिविधिले देश बन्दैन, बरू बर्बादीतरिर लैजान्छ।’

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : २२ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल