अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो « Khabarhub

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक मारिएका छन् । त्यस्तै ३० भन्दा बढी नागरिकको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्।

इरानी सेनाका अनुसार दक्षिणपूर्वी क्षेत्रमा रहेको ३८८औँ ब्रिगेडको सैनिक ब्यारेकमाथि अमेरिकाले १३ वटा मिसाइल प्रहार गरेको थियो। आक्रमणमा अतिथि गृह, सुरक्षा चौकी र सैनिक आवासलाई निशाना बनाइएको सेनाले जनाएको छ।

सेनाले पूर्वतयारीस्वरूप अपनाइएका सुरक्षा व्यवस्थाका कारण क्षति सीमित भएको दाबी गर्दै उक्त आक्रमणलाई ‘कायरतापूर्ण’ भन्दै त्यसको जवाफ दिने चेतावनी दिएको छ।

यसैबीच, इरान सरकारले दक्षिणी क्षेत्रमा भएका पछिल्ला अमेरिकी आक्रमणमा ३० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

सरकारी प्रवक्ता फरिमा मोहाजेरानीले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै दक्षिणी इरान देशको ‘धड्कन’ भएको र सरकारले त्यहाँका नागरिकको साथ नछाड्ने बताएकी छन्।

उता, इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता होसैन केरमनपौरका अनुसार अमेरिकाले रातभर गरेको हवाई आक्रमणमा २६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। उनले मृतकको यकिन संख्या भने सार्वजनिक गरेका छैनन्।

इरानी अधिकारीहरूका अनुसार अमेरिका र इरानबीच पछिल्ला दिनमा बढेको सैन्य तनावका बीच यो आक्रमण सबैभन्दा धेरै मानिस घाइते हुने घटना बनेको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : ३२ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी