मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड « Khabarhub

मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन तथा ‘डिजिटल’ सेवा प्रवाहलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले आत्मदाह, आत्महत्या तथा डिप्रेसनलगायत समस्याको  समाधानका लागि अविलम्ब मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन गर्न सत्ता र प्रतिपक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

सोही पार्टीका राजकिशोर महतोले मुलुकका ठूला तथा सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा समस्या आएकाले समस्याको यथाशीघ्र  समाधान गर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रिङ्गला यादवले पनि सोही समस्या समाधानमा जोड दिँदै यातायात व्यवस्था विभाग र भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्थापन विभागका सर्भर तत्काल मर्मत गरी आधारभूत सार्वजनिक सेवा सुचारु गर्न माग गरे । 

नेपाली कांग्रेसका निश्कल राईले इलामका जीर्ण सडक पूर्वाधार तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

नेपाली कम्युनिष्ट पार्टीका बलावती शर्माले बागलुङको काठेखोला गाउँपालिका–७ र ८ भएर बग्ने रेशाखोला तर्ने क्रममा गुल्मीको मुसिकोटकी ४५ वर्षीया मीना कार्की बेपत्ता भएकीले निजको खोजी गर्न प्रशासनको ध्यानाकर्षण गराइन् ।

रास्वपाका धनेन्द्र कार्कीले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ मा केही दिनअघि पहिरोले हेमबहादुर दुराको घर पुरिएको र उद्धारका लागि परिचालन भएको सुरक्षाकर्मीको टोली सडक अवरुद्ध हुँदा समयमै पुग्न नसकेको  जानकारी दिँदै जीर्ण सडकको मर्मतसम्भार हुनुपर्ने माग गरे ।

सोही पार्टीका सोम शर्माले विपद् प्रभावित नागरिकलाई तत्काल राहत र पुनः स्थापना गराउने गरी राज्यका संयन्त्रलाई तयार पार्न आग्रह गरे । 

एमालेका राजेन्द्रकुमार राईले करार तथा अस्थायी सेवामा रहेका कर्मचारीका माग सम्बोधन गर्न आग्रह गरे । 

सोही पार्टीका साजिदा खातुन सिद्धिकीले लालबकैया र बागमती किनारका बस्ती डुबानको जोखिममा रहेका जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान आग्रह गरिन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ३ : २६ बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित