मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड « Khabarhub

मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन तथा ‘डिजिटल’ सेवा प्रवाहलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले आत्मदाह, आत्महत्या तथा डिप्रेसनलगायत समस्याको  समाधानका लागि अविलम्ब मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन गर्न सत्ता र प्रतिपक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

सोही पार्टीका राजकिशोर महतोले मुलुकका ठूला तथा सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा समस्या आएकाले समस्याको यथाशीघ्र  समाधान गर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रिङ्गला यादवले पनि सोही समस्या समाधानमा जोड दिँदै यातायात व्यवस्था विभाग र भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्थापन विभागका सर्भर तत्काल मर्मत गरी आधारभूत सार्वजनिक सेवा सुचारु गर्न माग गरे । 

नेपाली कांग्रेसका निश्कल राईले इलामका जीर्ण सडक पूर्वाधार तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

नेपाली कम्युनिष्ट पार्टीका बलावती शर्माले बागलुङको काठेखोला गाउँपालिका–७ र ८ भएर बग्ने रेशाखोला तर्ने क्रममा गुल्मीको मुसिकोटकी ४५ वर्षीया मीना कार्की बेपत्ता भएकीले निजको खोजी गर्न प्रशासनको ध्यानाकर्षण गराइन् ।

रास्वपाका धनेन्द्र कार्कीले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ मा केही दिनअघि पहिरोले हेमबहादुर दुराको घर पुरिएको र उद्धारका लागि परिचालन भएको सुरक्षाकर्मीको टोली सडक अवरुद्ध हुँदा समयमै पुग्न नसकेको  जानकारी दिँदै जीर्ण सडकको मर्मतसम्भार हुनुपर्ने माग गरे ।

सोही पार्टीका सोम शर्माले विपद् प्रभावित नागरिकलाई तत्काल राहत र पुनः स्थापना गराउने गरी राज्यका संयन्त्रलाई तयार पार्न आग्रह गरे । 

एमालेका राजेन्द्रकुमार राईले करार तथा अस्थायी सेवामा रहेका कर्मचारीका माग सम्बोधन गर्न आग्रह गरे । 

सोही पार्टीका साजिदा खातुन सिद्धिकीले लालबकैया र बागमती किनारका बस्ती डुबानको जोखिममा रहेका जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान आग्रह गरिन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ३ : २६ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी