एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता  « Khabarhub

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, वन तथा घाँसे आगलागीलगायत घटनाबाट १३ जना घाइते भएका छन्। घटनामा परेका ३६५ जनाको उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ ।

सबैभन्दा धेरै ३० वटा पहिरोका घटना भएका छन् । पहिरोबाट एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । यस्तै, ११ वटा बाढीका घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

समीक्षा अवधिमा ११ वटा सर्पदंशका घटना, आठ वटा वन तथा घाँसे आगलागी, पाँच वटा आगलागी, चार वटा जनावर आक्रमण तथा दुई वटा हावाहुरीका घटना पनि दर्ता भएका छन् ।

विपद्का घटनाबाट करिब १६ लाख ३५ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ। यद्यपि सडक अवरोधको कुनै घटना नभएको उल्लेख गरिएको छ ।

प्राधिकरणले निरन्तर वर्षासँगै बाढी र पहिरोका घटना बढिरहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ४ : १३ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको