युक्रेनमा रूसी आक्रमण : ६ जनाको मृत्यु, २० जना घाइते « Khabarhub

युक्रेनमा रूसी आक्रमण : ६ जनाको मृत्यु, २० जना घाइते


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

युक्रेन– युक्रेनमा बुधबार भएको रूसी हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार आक्रमण कालो सागरस्थित बन्दरगाह सहर ओडेसा र रूसको सीमासँग जोडिएको उत्तरपूर्वी सहर सुमीका औद्योगिक तथा स्वास्थ्य पूर्वाधारलाई लक्षित गरी गरिएको थियो।

सुमी क्षेत्रका गभर्नर ओलेग ग्रिगोरोभका अनुसार रूसी सेनाले छ वटा निर्देशित हवाई बम प्रहार गरेको थियो। उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको पुष्टि गरिएको छ। मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् भने अर्का एक जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।

यसैगरी, ओडेसामा पनि रूसी ड्रोन र मिसाइल आक्रमणले बन्दरगाह तथा नागरिक पूर्वाधारमा क्षति पुर्‍याएको अधिकारीहरूले जनाएका छन्। ओडेसा क्षेत्रका गभर्नर ओलेग किपरका अनुसार यस क्षेत्रमा संयुक्त ड्रोन र क्षेप्यास्त्र आक्रमण लगातार पाँचौँ दिनसम्म जारी रहेको छ। उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन्।

यसअघि मङ्गलबार संयुक्त राष्ट्र सङ्घले सन् २०२६ को पहिलो छ महिनामा युक्रेनमा नागरिक हताहतीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको जनाएको थियो।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ४ : ५५ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी