युक्रेनमा रूसी आक्रमण : ६ जनाको मृत्यु, २० जना घाइते « Khabarhub

युक्रेनमा रूसी आक्रमण : ६ जनाको मृत्यु, २० जना घाइते


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

युक्रेन– युक्रेनमा बुधबार भएको रूसी हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार आक्रमण कालो सागरस्थित बन्दरगाह सहर ओडेसा र रूसको सीमासँग जोडिएको उत्तरपूर्वी सहर सुमीका औद्योगिक तथा स्वास्थ्य पूर्वाधारलाई लक्षित गरी गरिएको थियो।

सुमी क्षेत्रका गभर्नर ओलेग ग्रिगोरोभका अनुसार रूसी सेनाले छ वटा निर्देशित हवाई बम प्रहार गरेको थियो। उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको पुष्टि गरिएको छ। मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् भने अर्का एक जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।

यसैगरी, ओडेसामा पनि रूसी ड्रोन र मिसाइल आक्रमणले बन्दरगाह तथा नागरिक पूर्वाधारमा क्षति पुर्‍याएको अधिकारीहरूले जनाएका छन्। ओडेसा क्षेत्रका गभर्नर ओलेग किपरका अनुसार यस क्षेत्रमा संयुक्त ड्रोन र क्षेप्यास्त्र आक्रमण लगातार पाँचौँ दिनसम्म जारी रहेको छ। उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन्।

यसअघि मङ्गलबार संयुक्त राष्ट्र सङ्घले सन् २०२६ को पहिलो छ महिनामा युक्रेनमा नागरिक हताहतीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको जनाएको थियो।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ४ : ५५ बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि