भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू « Khabarhub

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरू भएको छ।

विद्यालय भवनको सोमबार कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार करिब तीन करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त भवन भारत सरकारको आर्थिक सहयोगअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) मार्फत निर्माण गरिनेछ। परियोजनाको कार्यान्वयन शिवसताक्षी नगरपालिकाले गर्नेछ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले भारत सरकारले उपलब्ध गराउँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सुरक्षित सिकाइ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए।

राजदूतावासले नेपाल र भारतबीच नजिकको छिमेकी सम्बन्धका आधारमा शिक्षा, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गरेको छ।

यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय पूर्वाधार विकासका साथै नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई सहयोग पुर्‍याइरहेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ०२ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी