भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू « Khabarhub

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरू भएको छ।

विद्यालय भवनको सोमबार कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार करिब तीन करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त भवन भारत सरकारको आर्थिक सहयोगअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) मार्फत निर्माण गरिनेछ। परियोजनाको कार्यान्वयन शिवसताक्षी नगरपालिकाले गर्नेछ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले भारत सरकारले उपलब्ध गराउँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सुरक्षित सिकाइ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए।

राजदूतावासले नेपाल र भारतबीच नजिकको छिमेकी सम्बन्धका आधारमा शिक्षा, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गरेको छ।

यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय पूर्वाधार विकासका साथै नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई सहयोग पुर्‍याइरहेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ०२ बजे

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा