कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी « Khabarhub

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत विफल पारेको दाबी गरेका छन्। इरान र अमेरिकाबीच होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर सैन्य तनाव चर्किरहेका बेला यी घटनाहरू भएका हुन्।

कुवेतको सेनाले इरानबाट प्रहार गरिएका ड्रोनहरू अवरोध गरी नष्ट गरिएको जनाएको छ। सेनाले उक्त घटनालाई ‘इरानको आक्रामक गतिविधि’को परिणाम भन्दै निन्दासमेत गरेको छ।

यस्तै, बहराइनको सेनाले पनि इरानबाट गरिएका बहुविध हवाई आक्रमणहरू सफलतापूर्वक अवरोध गरी निष्क्रिय बनाइएको जनाएको छ।

यसअघि बुधबार बिहान बहराइनको गृह मन्त्रालयले क्षेप्यास्त्र तथा हवाई आक्रमणको चेतावनीस्वरूप साइरन बजाउँदै नागरिक तथा बासिन्दालाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

उता, इरानको सरकारी सञ्चारमाध्यमले भने अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेपछि त्यसको प्रतिकारस्वरूप इरानले कुवेतस्थित अमेरिकी सैन्य लक्ष्य तथा बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडालाई लक्षित गरी छुट्टाछुट्टै आक्रमण गरेको दाबी गरेको छ।

यद्यपि, इरानको दाबीबारे अमेरिकी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ३४ बजे

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा