‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’ « Khabarhub

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन् ।

ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आज यहाँ उद्घाटन गर्दै उनले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए ।

मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक विचार व्यक्त गर्दै तलब भत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताए । ‘मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,’ उनले भने।

पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए  ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले व्यावहारिक शिक्षालाई केन्द्रमा राखेर समयानुकूल शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १ : ०० बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा