क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य « Khabarhub

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा ग्यास वितरण गरिएको छ ।

निगमका अनुसार आइतबार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । 

ग्यास लिनका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । 

यस केन्द्र बाट नेपाल ग्यास, एचपि, सुर्य,सगर, एभरेष्ट, सुगम, एचटिसि  त्रिवेणी राजधानी र गीता कम्पनीका ग्यास वितरण गरिएको निगमले जनाएको छ । 

यस केन्द्रबाट अन्दाजी ३ हजार सिलिण्डरको हाराहारीमा वितरण गरिने नेपाल आयल निगमका सहजकर्ता रामचन्द्र पाण्डेले जानकारी दिए ।

भक्तपुरको मध्यपुर थिमीमा आइतबार ग्यास वितरण गरिने सूचना पाएपछि सर्वसाधारण बिहान ४ बजेदेखि नै ग्यासको प्रतीक्षामा बसेका छन् । 

ग्यास पाउने आशामा बिहानैदेखि लाइनमा बसेर आफ्नो पालो कुर्न बाध्य भएको उनीहरूले गुनासो गरेका छन् । 

उनीहरूले अत्यावश्यक रुपमा रहेको ग्यास नागरिकले सहजरुपमा पाउन नसक्नुमा राज्यको कमजोरी रहेको भन्दै गुनासो गरेका छन ।

आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट ग्यास वितरण गरिएको निगमले जनाएको छ । 

अत्यावश्यक हुनेले मात्र ग्यास लिन र स्टक नराख्नका लागि निगमले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  २ : ०७ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा