रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ? « Khabarhub

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि तीनवटा सर्वदलीय बैठक राखिसकेका छन्।

उनले पहिलो बैठक भदौ ११ र दोस्रो बैठक भदौ १६ मा राखे । त्यसपछि अर्को बैठक बुधबार सिंहदरबारमा बसेको हो । यसअघिका दुवै बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने कुरा भएको थियो ।

मंगलबारको संसद् बैठकमा पनि प्रतिपक्षी नेताहरूले त्यही कुरा उठाए। यस्तोमा बुधबार बसेको बैठकपछि रविलाई यसको ओनरसिपबारे पत्रकारले प्रश्न उठाए। यी तीनै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित छन् ।

त्यहीकारण रविलाई पत्रकारहरूले पार्टी घेरेर प्रश्न गरे। सिंहदरबारमा सर्वदलीय बैठक सकिएपछि पत्रकारहरूसँग रविले यसको ओनरसिप सरकार र प्रधानमन्त्री बालेनले लिने विश्वास दिलाए ।

रविले सर्वदलीय बैठक र उच्चस्तरीय राजनीतिक संयन्त्रको ओनरसिप सरकारले नलिने भन्ने कुरा नरहेको जिकिर गरे । उनले त्यस्तो नहोस् भन्ने आफूहरूले आशा राखेको पनि बताए ।

‘सरकारले सर्वदलीय समिति र राजनीतिक संयन्त्रको ओनरसिप नलिने कुरा हुँदैन। त्यस्तो होला भनेर अहिले अल्झिने गर्ने बेला छैन। त्यस्तो नहोस् भन्ने कमिटमेन्ट गर्छौं’, उनले भने ।

रसुवामा आएको बाढीबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन वालेन्द्रले जान आनाकानी गरेको विषय पनि पत्रकारले रविसामु राखे। अर्कातिर पत्रकारहरूले प्रधानमन्त्री राष्ट्रसंघ जाँदासम्म राजदूतको टुंगो नलगाएको कुरा पनि सोधे ।

यी विषयमा प्रधानमन्त्री चुकेको कुरा पत्रकारहरूले राख्दा जवाफमा रविले बैठकमा पनि त्यो कुरा उठेकाले चाँडै नै समाधान हुने जानकारी दिए । ‘यसबारेमा बैठकमा पनि कुरा उठेको छ, चाँडै नै यसको विषयमा समाधान आउँछ’, उनले भने ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  २ : ४५ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन