यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय « Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली स्वीकृत गरेको छ ।  

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण: सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले सेयर कारोबारमा लाभ कर घटाउने निर्णय गरेको छ । ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए । 

त्यस्तै बैठकले नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू ठगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ भने प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव (विशिष्ट श्रेणी) पदमा बढुवा गरेको छ । 

त्यसैगरि साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति प्रक्रियाका लागि त्यहाँका कानुनी व्यवसायीलाई वारेसनामा दिने आदेश जारी गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।  

मन्त्रिपरिषद्ले सक्रिय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ । प्रवक्ता पोखरेलले होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई अस्थायी आवासमा सार्ने काम भइरहेको, घरजग्गा पूर्ण रूपमा गुमाएकाहरूलाई अन्यत्र स्थानान्तरण गर्न भूमि मन्त्रालयले जग्गा खोजी कार्य अघि बढाएको जानकारी दिए । 

संकटको बेला विदेशी कूटनीतिक समन्वयका लागि विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको नियुक्ति प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत चाँडै टुंग्याइने उनले बताए । 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ६ : ०१ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु