जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने « Khabarhub

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ ।

सहुलियतपूर्ण उपचार सेवाका लागि प्रदेश सरकार र काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतालबीच ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत उपचार सहुलियतसम्बन्धी सम्झौता भएको छ । 

आज प्रदेश राजधानी हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ र सम्बन्धित अस्पतालका प्रतिनिधिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार कार्यक्रमका लागि सूचीकृत अस्पतालमार्फत जटिल रोगबाट पीडित प्रदेशवासीले सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्ने मन्त्री तामाङले जानकारी दिए । 

उक्त कार्यक्रमबाट जटिल रोगका बिरामीलाई उपचारमा राहत पुग्ने उनको विश्वास छ । ‘उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न यो कार्यक्रम प्रभावकारी हुने आशा राखेका छौँ,’ उनले भने ।

बागमती प्रदेशमा ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत हाल १७ अस्पताल सूचीकृत रहेका छन् । 

मन्त्री तामाङका अनुसार प्रदेश सरकारले सूचीकृत अस्पतालमार्फत लक्षित बिरामीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । 
 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ७ : ३१ बजे

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका