मनास्लु आरोहण सुरु « Khabarhub

मनास्लु आरोहण सुरु


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ । यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन् ।

उनन्चालिस (३९) समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन् । आधार शिविरमा लामा गुरुले पूजा गरेर आरोहणको साइत गरिएको आरोहीका सहयोगी विसबहादुर गुरुङले जानकारी दिए । आरोरीहरूले अबको एक दुईदेखि तीन साताभित्र आरोहण गरिसक्ने गुरुङको भनाइ छ ।

यो याममा नेपाल सरकारले मनास्लु आरोहण गर्नेहरूबाट रु २१ करोड २४ लाख ४८ हजार राजस्व आर्जन गरेको पर्यटन विभागले जनाएको छ । मनास्लु आरोहण गर्ने आरोहीको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । साथै राजस्व पनि अहिलेसम्मकै धेरै हो ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित मनास्लु सन् १९५६ मे ९ देखि आरोहण गर्न सुरु गरिएको थियो । समुद्री सतहबाट आठ हजार १६३ मिटर अग्लो यो विश्वकै आठौँ अग्लो हिमाल हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ९ : १२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित