प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत « Khabarhub

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर सिंहसहित २३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

उक्त दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले उनीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरे  ।

प्रहरी सेवामा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्यसम्पादन गरेकोमा उनीहरुलाई पुरस्कार र सम्मान गरिएको हो ।  त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गुरागाईँले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै नागरिकलाई सरल र सहजरुपमा सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिए । 

निष्पक्षता, इमानदारी र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न सुझाव दिँदै उहाँले प्रहरीको व्यवहार र सेवाले नै सङ्गठनप्रतिको नागरिकको विश्वास निर्धारण गर्ने बताए ।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले कानुनभन्दा माथि कोही पनि नरहेकाले कानुनको पालना र कार्यान्वयनमा सबैमा समान व्यवहार गर्न सम्पूर्ण प्रहरी जनशक्ति प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १२ : ४९ बजे

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका