पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड « Khabarhub

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत सन् २०२६ को लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । उनलाई न्यायिक स्वतन्त्रता, मानवअधिकारको संरक्षण र न्यायालय सुधारमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।

सर्वोच्च अदालतका २४औँ प्रधानन्यायाधीशका रूपमा देशको न्यायिक प्रणालीलाई पारदर्शी, जवाफदेही र नागरिकको पहुँचयोग्य बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठले संवैधानिक सर्वोच्चता, कानुनी शासन र लोकतान्त्रिक मूल्यको संरक्षणमा सधैँ जोड दिँदै आएका छन् । मौलिक हकको संरक्षण, सीमान्तकृत समुदायको अधिकार, वातावरणीय न्याय र संक्रमणकालीन न्यायसँग सम्बन्धित उनका ऐतिहासिक फैसला तथा पहलहरूले न्याय क्षेत्रमा गहिरो प्रभाव पारेका छन् ।

उनले न्यायालयमा प्रविधिको प्रयोग बढाउन, मुद्दा व्यवस्थापन प्रणाली सुधार गर्न र न्यायिक जनशक्तिको क्षमता अभिवृद्धि गर्न उल्लेख्य योगदान दिएकाले यो अवार्ड प्रदान गरिएको हो । न्यायमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न कानुनी सहायताको विस्तार, सार्वजनिक सरोकारका मुद्दाको प्रोत्साहन तथा लैंगिक समानता र सामाजिक समावेशिताको पक्षमा उनले वकालत गर्दै आएका छन् । सेवाबाट अवकाश प्राप्त गरेपश्चात पनि उनी कानुनी अध्ययन, संवैधानिक बहस र सुशासनसम्बन्धी गतिविधिहरूमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ४ : ४६ बजे

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन