उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन् । 

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज उनीहरूबीच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गरे । 

प्रधान सेनापति सिग्देलले  देशभरको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र शान्तिसुरक्षाको वर्तमान अवस्था तथा भोटेकोशी विपत्तीमा सेनाले गरेको उद्धार कार्यबारे जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ५ : ४५ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले