कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने « Khabarhub

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो ।

नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार आएको पाइएको छ ।

‘कञ्चनपुरमा गणना कार्य पूरा गरी अहिले सङ्ख्या अद्यावधिक गर्ने, प्रजाति छुट्याउनेलगायतका काम भइरहेको छ’, उनले भने, ‘कैलालीका केही क्षेत्रमा गणना बाँकी रहेकाले आगामी माघ ४ गतेभित्र सबै तथ्यांक सार्वजनिक गरिनेछ ।’

बिसिएनको अगुवाइ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा जलपन्छी गणना गरिएको छ ।  गणनामा वाइनाकुलर, दूरबिन, क्यामेरा र जिपिएसजस्ता उपकरणको प्रयोग गरिएको थियो भने हिँडेर पुग्न नसकिने सिमसार क्षेत्रमा हात्तीको पनि प्रयोग गरिएको चराविज्ञ डगौंराले जानकारी दिए ।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एसोसिएसन तथा कञ्चनपुर पन्छी संरक्षण समूहका प्रतिनिधिहरूको संलग्नता थियो ।

निकुञ्जभित्रका सिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी, राधापुर सिमसार, झिलमिला र रतनपुर सिमसारमा गणना गरिएको छ । त्यसैगरी निकुञ्ज बाहिरका महाकाली नदी, पुरैनी ताल र बन्दा ताल क्षेत्रमा पनि जलपन्छीको अवस्थाबारे विवरण संकलन गरिएको छ ।

चराविज्ञहरूका अनुसार सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण जलपन्छीको बासस्थान संकटमा पर्दै गएको छ । 

गणनाका क्रममा पन्छीको सङ्ख्याका साथै बासस्थानमा देखिएका चुनौतीबारे पनि अध्ययन गरिएको बताइएको छ ।
 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : १५ बजे

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल

प्रतिनिधिसभा : हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौं– सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान

श्रम संस्कृतिको अडान- प्रधानमन्त्री संसद्‍मा नउभिउन्जेल विरोध निरन्तर

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा

विषय संवेदनशील नलागे सभामुखले सांसदलाई समय नदिन सक्ने

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा

सभामुखलाई नीलो स्कार्प सम्झाउँदै निश्कलले भने- सदनको गरिमा बढाउने काम तपाईंको हो

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सदनको गरिमा राख्ने काम