पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर « Khabarhub

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । 

सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविरमा मुटु, छाती, पेट, महिला तथा मातृ स्वास्थ्य, हाडजोर्नी, नाक, कान, घाँटी, बाल स्वास्थ्य, रक्तचाप, मधुमेह, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम, अल्ट्रासाउन्ड, फिजियोथेरापी तथा मनोरोगको परीक्षण गरिएको थियो । आवश्यकताअनुसार बिरामीलाई औषधि  पनि वितरण गरिएको थियो ।    

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ श्यामराज रेग्मी, डा. अनिल भट्टराई, डा. भारती शर्मा, प्रसूति रोग विशेषज्ञ डा केशव आचार्य, मानसिक रोग विशेषज्ञ डा सुजना रेग्मी, बालरोग विशेषज्ञ डा प्रकाश गौतमलगायत २५ जना चिकित्सकले सेवा प्रवाह गरेका थिए । 

यसैबीच, शिविरमा नेपाल रेडक्रस सोसाइटीको संयोजनमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । त्यस अवसरमा ५० जनाले रगत दान गरेका थिए । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : ३४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित